कैलाली । अछाम जिल्लामा शुक्रबार साँझ परेको चट्याङका कारण चार जना घाइते भएका छन्। घटना को गनिउले क्षेत्रमा भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार घाइते जैसरा मिजार, कर्ण मिजार, शेरे मिजार र मना कसेरा मिजारको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्था चिकित्सकको निगरानीमा रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोही घटनामा अन्य चार जना पनि सामान्य रूपमा घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेकाले घरमै बसेर उपचार भइरहेको जानकारी दिइएको छ।
मनसुन सक्रिय रहेकाले चट्याङको जोखिम बढेकाले मौसम प्रतिकूल भएका बेला खुला स्थान, अग्ला रुख तथा विद्युत्का पोलको नजिक नबस्न सम्बन्धित निकायले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।