२०८३, कार्तिक २० गते

Nov 05 2026

नरेन्द्रका एक्ला छोरा थिए सुलभ, जेनजी प्रदर्शनमा गुमाए ज्यान

नरेन्द्रका एक्ला छोरा थिए सुलभ, जेनजी प्रदर्शनमा गुमाए ज्यान

सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • काठमाडौं । जेन-जीहरूको प्रदर्शनका क्रममा सोमबार दिउँसो ट्रमा सेन्टरमा मृत्यु भएका विद्यार्थी सुलभ राज श्रेष्ठ नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी रहेको खुलेको छ ।

    काठमाडौंको इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै श्रेष्ठ भेरी स्कुलका सञ्चालक नरेन्द्र श्रेष्ठका छोरा हुन् ।

    सुलभ नरेन्द्रका एकमात्रै छोरा हुन् । बुवा नरेन्द्र अहिले साँझ ६ बजे नेपालगञ्जबाट हवाइमार्ग हुँदै काठमाडौं गएको वडाध्यक्ष प्रमोद रिजालले बताए ।

    सुलभ पढाइमा जेहेन्दार र मिहेनती रहेका उनका छिमेकी भोजराज शर्माले जानकारी दिए ।

    सुलभको घर रहेको धम्बोझि शोकमा डुबेको छ । सुलभको घरमा  छिमेकी र आफन्तहरुको भिड लागेको छ ।

    सोमबार भएको जेनजीहरूको प्रदर्शनमा परेर मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, घाइते भएका ३ सय ४७ जनाको देशभरका अस्पतालहरूमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij