२०८३, आश्विन १ गते

Sep 17 2026

मनसुन सक्रिय: देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी पानी पर्ने चेतावनी

मनसुन सक्रिय: देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी पानी पर्ने चेतावनी

रोज नेपाल
शुक्रवार, आषाढ २६ २०८३
रोज नेपाल
शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौं। देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज अधिकांश क्षेत्रमा बदलीसँगै वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा आफ्नो औसत अवस्थाभन्दा केही उत्तरतर्फ रहेकाले वर्षाको गतिविधि बढ्ने देखिएको हो।

    हाल देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    महाशाखाले आज दिउँसो देशभर आकाश सामान्यदेखि पूर्ण रूपमा बदली रहने जनाएको छ। हिमाली र पहाडी क्षेत्रका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराईका थोरै स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

    रातिको समयमा पनि मौसम पूर्ण रूपमा खुल्ने सम्भावना कम रहेको महाशाखाको भनाइ छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको क्रम जारी रहने सम्भावना छ भने तराईका धेरै स्थानमा चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

    विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। त्यस्तै मधेस प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेकाले नदी, खोलानाला आसपास र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij