२०८३, आश्विन १ गते

Sep 17 2026

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र पोखरेललाई

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र पोखरेललाई

रोज नेपाल
शुक्रवार, आषाढ २६ २०८३
रोज नेपाल
शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौँ  ।  नेकपा (एमाले) को पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनसम्बन्धी कार्यदलले देशव्यापी सुझाव संकलन अभियानबाट प्राप्त सुझावका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेललाई दिएको छ

    बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदलको बैठकले देशका १३ स्थानमा सञ्चालन गरिएको सुझाव संकलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै प्राप्त सुझावलाई समेटेर अन्तिम प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी थिए।

    एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार सुझाव संकलन अभियानबाट प्राप्त राय, सुझाव र निष्कर्षलाई समेटेर तयार गरिने प्रतिवेदनले पार्टीको भावी वैचारिक, राजनीतिक तथा सङ्गठनात्मक दिशा निर्धारणमा महत्वपूर्ण आधार तयार गर्नेछ। प्रतिवेदन अन्तिम भएपछि पार्टी नेतृत्वसमक्ष पेस गरिने उनले जानकारी दिए।

    निर्वाचनपछिको समीक्षा, पार्टीको पुनर्ताजगीकरण तथा सङ्गठनलाई समयानुकूल रूपान्तरण गर्ने उद्देश्यले गठन गरिएको कार्यदलले देशभर नेता–कार्यकर्ता, जनप्रतिनिधि, जनसङ्गठनका प्रतिनिधि तथा शुभेच्छुकसँग प्रत्यक्ष छलफल गर्दै सुझाव संकलन गरेको थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij