२०८३, आश्विन १ गते

Sep 17 2026

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्ध १० दिनभित्र प्रमाणसहित उजुरी दिन संसदीय समितिको आग्रह

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्ध १० दिनभित्र प्रमाणसहित उजुरी दिन संसदीय समितिको आग्रह

रोज नेपाल
शनिवार, आषाढ २७ २०८३
रोज नेपाल
शनिवार, आषाढ २७ २०८३
  • काठमाडौं। संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउँदै उनीहरूविरुद्ध प्रमाणसहित उजुरी पेश गर्न सार्वजनिक आह्वान गरेको छ।

    समितिले जारी गरेको सूचनाअनुसार संवैधानिक परिषद्बाट सिफारिस भएका उम्मेदवारहरूको नियुक्ति उपयुक्त नभएको ठोस आधार, प्रमाण वा जानकारी भए इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि १० दिनभित्र उजुरी दर्ता गर्न सक्नेछन्।

    प्रमुख निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्ले विरुद्ध नेपाली वा अङ्ग्रेजी भाषामा प्रमाणसहित उजुरी पेश गर्न सकिने व्यवस्था गरिएको छ।

    समितिका अनुसार उजुरीमा उजुरीकर्ताको पूरा नाम, स्थायी ठेगाना, सम्पर्क नम्बर, जिल्ला तथा आरोपसँग सम्बन्धित स्पष्ट विवरण खुलाउनुपर्नेछ। साथै, दाबी पुष्टि गर्ने कागजात वा अन्य प्रमाणको प्रतिलिपि पनि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने उल्लेख गरिएको छ।

    उजुरी सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको सचिवालयमा सिधै बुझाउन वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत कुनै दस्तुर नतिरी पठाउन सकिने व्यवस्था गरिएको छ।

    यसअघि असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले ती तीन जनालाई निर्वाचन आयोगका रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। अब उनीहरूको नियुक्तिअघि संसदीय सुनुवाइ प्रक्रियाअन्तर्गत प्राप्त उजुरी तथा सम्बन्धित पक्षको मूल्याङ्कन गरिनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij