२०८३, आश्विन २ गते

Sep 18 2026

आत्मदाहका बढ्दो घटनाप्रति महेश बस्नेतको चिन्ता, नागरिकको निराशाको कारण खोज्न सरकारलाई सुझाव

आत्मदाहका बढ्दो घटनाप्रति महेश बस्नेतको चिन्ता, नागरिकको निराशाको कारण खोज्न सरकारलाई सुझाव

रोज नेपाल
शनिवार, आषाढ २७ २०८३
रोज नेपाल
शनिवार, आषाढ २७ २०८३
  • काठमाडौं। नेकपा (एमाले)का सचिव महेश बस्नेतले पछिल्ला दिनहरूमा विभिन्न स्थानमा भएका आत्मदाहका प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नागरिकमा बढ्दो निराशा, असन्तुष्टि र असहायताको अवस्थाबारे सरकारले गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्।

    सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले राहदानी विभागअगाडि मुगुका गणेश नेपालीको आत्मदाहको घटनापछि सर्लाहीका विवेक मण्डल र काठमाडौंको बुद्धनगरका अश्विन राउतले पनि आत्मदाहको प्रयास गरेको घटनालाई अत्यन्त दुःखद् भएको बताएका छन्। उनले घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

    बस्नेतका अनुसार छोटो अवधिमा यस्ता प्रकृतिका घटना दोहोरिनु सामान्य विषय नभई समाजमा गहिरिँदै गएको मानसिक, सामाजिक तथा राजनीतिक असन्तुष्टिको संकेत हुन सक्छ। उनले नागरिकहरू किन यति धेरै निराश र असहाय महसुस गरिरहेका छन् भन्ने विषयमा सम्बन्धित निकायले गम्भीर रूपमा अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

    उनले आफ्नो धारणा व्यक्त गर्दै वर्तमान नेतृत्वले विगतका राजनीतिक दल र नेताविरुद्ध उच्च अपेक्षा सिर्जना गरे पनि त्यसअनुसार परिणाम देखिन नसक्दा जनतामा निराशा बढेको दाबी गरेका छन्। यस्तो अवस्थाले जनविश्वास कमजोर बन्न सक्ने उनको भनाइ छ।

    बस्नेतले कुनै पनि परिस्थितिमा आत्मदाह वा हिंसा समस्याको समाधान हुन नसक्ने स्पष्ट गर्दै नागरिकको पीडालाई सम्बोधन गर्न संवाद, उत्तरदायित्व, प्रभावकारी सेवा प्रवाह र सुशासन आवश्यक रहेको बताएका छन्। जनताको विश्वास जोगाउन सरकार संवेदनशील र जिम्मेवार बन्नुपर्ने उनको जोड रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij