२०८३, आश्विन १ गते

Sep 17 2026

बजेट पारित गर्ने तयारीमा मधेस प्रदेश सभा, आज दिउँसो बैठक बस्ने

बजेट पारित गर्ने तयारीमा मधेस प्रदेश सभा, आज दिउँसो बैठक बस्ने

रोज नेपाल
आइतवार, आषाढ २८ २०८३
रोज नेपाल
आइतवार, आषाढ २८ २०८३
  • काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटलाई टुंगोमा पुर्‍याउने उद्देश्यसहित मधेस प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।

    आर्थिक वर्ष समाप्त हुन अब केही दिन मात्र बाँकी रहेकाले समयमै बजेट पारित गर्न प्रदेश सरकारले प्रक्रिया अगाडि बढाएको हो। यदि निर्धारित समयभित्र बजेट पारित हुन नसके प्रदेशको वित्तीय व्यवस्थापन र नियमित प्रशासनिक कार्य प्रभावित हुन सक्ने भएकाले बैठकलाई महत्वपूर्ण मानिएको छ।

    शनिबार बसेको प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको बैठकले आइतबारका लागि प्रदेश सभा बैठक बोलाउने निर्णय गरेको थियो। यसअघि देखिएको राजनीतिक मतभेद समाधान गर्ने प्रयासस्वरूप बैठकअघि बिहान ११ बजे सर्वदलीय छलफल पनि आयोजना गरिएको छ।

    सर्वदलीय बैठकबाट सहमतिको वातावरण बनेमा प्रदेश सभामा बजेटमाथिको छलफललाई निरन्तरता दिँदै आवश्यक प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij