२०८३, आश्विन १ गते

Sep 17 2026

मिडिया कार्यालयअगाडि बेवारिसे अवस्थामा भेटिएको कार प्रहरीको नियन्त्रणमा, अनुसन्धान जारी

मिडिया कार्यालयअगाडि बेवारिसे अवस्थामा भेटिएको कार प्रहरीको नियन्त्रणमा, अनुसन्धान जारी

रोज नेपाल
सोमवार, आषाढ २९ २०८३
रोज नेपाल
सोमवार, आषाढ २९ २०८३
  • काठमाडौँ। राजधानीका केही सञ्चारमाध्यमका कार्यालयको प्रवेशद्वार नजिक शंकास्पद रूपमा पार्किङ गरिएको एउटा निजी नम्बर प्लेटको कार प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। सुरक्षा सतर्कता अपनाउँदै गाडीको प्रारम्भिक जाँच, आवश्यक विवरण संकलन तथा नियन्त्रणमा लिने प्रक्रिया पूरा गरिएको उनले बताए।

    आइतबार बिहान अनलाइनखबर, हिमालयन टेलिभिजन र कान्तिपुर मिडिया समूहको कार्यालय परिसरको गेट नजिक उक्त कार लामो समयसम्म बेवारिसे अवस्थामा देखिएपछि स्थानीय बासिन्दा र सञ्चारकर्मीले प्रहरीलाई खबर गरेका थिए।

    प्रहरीले हाल गाडीको वास्तविक स्वामित्व पहिचान गर्ने, उक्त सवारीसाधन त्यहाँ कसले र किन छाडेको हो भन्ने विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाबारे थप तथ्य खुल्न बाँकी रहेको र अनुसन्धानको निष्कर्षपछि आवश्यक जानकारी सार्वजनिक गरिने प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij