काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रमा खाजाघर सञ्चालन गर्दै आएकी काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाकी २७ वर्षीया एक महिलाले सोमबार आत्मदाहको प्रयास गरेकी छन्। घटनामा उनको शरीरको करिब ५० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बौद्ध गेट नजिक सोमबार साँझ करिब ३:४५ बजे उक्त घटना भएको हो। घाइते महिलाको स्थायी घर काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकामा रहेको र हाल बौद्ध क्षेत्रमा बसोबास गर्दै व्यवसाय सञ्चालन गर्दै आएको खुलेको छ।
घटनापछि उनलाई तत्काल गोकर्णेश्वर–६ स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल पुर्याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि स्वास्थ्य अवस्था जटिल देखिएकाले थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार घाइते महिलाको उपचार जारी रहेको छ। उनी विवाहित भएको र बौद्ध क्षेत्रमा खाजाघर सञ्चालन गर्दै आएको प्रारम्भिक विवरणमा उल्लेख छ।
आत्मदाह प्रयास गर्नुपर्ने कारण भने हालसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
काठमाडौंको बौद्ध क्षेत्रमा खाजाघर सञ्चालन गर्दै आएकी काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाकी २७ वर्षीया एक महिलाले सोमबार आत्मदाहको प्रयास गरेकी छन्। घटनामा उनको शरीरको करिब ५० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ
काठमाडौं – काठमाडौंको बौद्ध क्षेत्रमा खाजाघर सञ्चालन गर्दै आएकी काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाकी २७ वर्षीया एक महिलाले सोमबार आत्मदाहको प्रयास गरेकी छन्। घटनामा उनको शरीरको करिब ५० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ।