२०८३, आश्विन २ गते

Sep 18 2026

बाढी पहिरोको कारण एक वृद्ध बेपत्ता, चारजना उद्धारको पर्खाइमा

बाढी पहिरोको कारण एक वृद्ध बेपत्ता, चारजना उद्धारको पर्खाइमा

रोज नेपाल
बुधवार, श्रावण ६ २०८३
रोज नेपाल
बुधवार, श्रावण ६ २०८३
  • काभ्रेपलाञ्चोक ।  दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित सिप्रिङ खोलामा मंगलबार राति आएको बाढीले ७३ वर्षीय चसमान तामाङ बेपत्ता भएका छन्। बाढीले उनको गाईबाख्राको गोठसमेत बगाएको स्थानीयले बताएका छन्।

    बाढीका कारण सिप्रिङ खोला जलविद्युत् केन्द्रमा कार्यरत चार कर्मचारी—सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ—भीरको खुड्किलोमा फसेका छन्। उनीहरू रहेको स्थान पनि जोखिमपूर्ण रहेकाले उद्धारमा कठिनाइ भइरहेको गौरीशंकर गाउँपालिका–९ का वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिए।

    उनका अनुसार खोलामा अझै निरन्तर बाढी आइरहेको छ, जसका कारण तत्काल उद्धार कार्य प्रभावित भएको छ।

    जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी मनोज लामाले प्रहरी टोली सिंगटी र रोल्वालिङबाट घटनास्थलतर्फ पैदल हिँडिरहेको जानकारी दिए। दुर्गम भूगोलका कारण घटनास्थल पुग्न केही समय लाग्ने भएकाले थप विवरण प्रहरी पुगेपछि मात्र प्राप्त हुने उनले बताए।

    बाढीले सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम साइटमा समेत क्षति पुर्‍याएको छ। साथै, खोलाले दुवै किनारमा व्यापक कटान गरेको स्थानीयले बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij