२०८३, आश्विन १ गते

Sep 17 2026

जनकपुर घटनाप्रति श्रम संस्कृति पार्टीको ध्यानाकर्षण, निष्पक्ष छानबिन र कानुनी कारबाहीको माग

जनकपुर घटनाप्रति श्रम संस्कृति पार्टीको ध्यानाकर्षण, निष्पक्ष छानबिन र कानुनी कारबाहीको माग

रोज नेपाल
बुधवार, श्रावण ६ २०८३
रोज नेपाल
बुधवार, श्रावण ६ २०८३
  • काठमाडौं। श्रम संस्कृति पार्टीले जनकपुरधामस्थित रामजानकी मन्दिरमा पार्टीका केन्द्रीय अध्यक्ष हर्क साङपाङ माथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बुधबार जारी प्रेस विज्ञप्तिमा पार्टीले लोकतान्त्रिक व्यवस्थामा प्रत्येक नागरिकलाई आफ्नो धार्मिक आस्था र संवैधानिक अधिकारअनुसार जुनसुकै धार्मिक स्थलमा सम्मानपूर्वक दर्शन गर्ने अधिकार सुरक्षित रहेको उल्लेख गर्दै उक्त अधिकारमाथि हस्तक्षेप गर्ने, त्रास सिर्जना गर्ने तथा धार्मिक आस्थालाई द्वन्द्वको माध्यम बनाउने कार्य निन्दनीय भएको जनाएको छ।
     
    पार्टीले घटनामा संलग्न व्यक्तिहरूको निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारसँग माग गरेको छ। साथै धार्मिक स्थलको शान्ति, सामाजिक सद्भाव र सबै नागरिकको सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्न सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ।
     
    विज्ञप्तिमा उक्त घटनालाई सम्पूर्ण सनातनी हिन्दू धर्मावलम्बीसँग जोडेर हेर्न नहुने स्पष्ट पारिएको छ। वास्तविक सनातनी हिन्दू धर्मको मूल आधार सहिष्णुता, करुणा, सद्भाव, मर्यादा र सबैप्रतिको सम्मान रहेको उल्लेख गर्दै माता जानकी सम्पूर्ण मानवताका लागि श्रद्धा, करुणा र समभावको प्रतीक भएको विश्वास व्यक्त गरिएको छ।। पार्टीले सबै नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई संयम, अनुशासन र शान्ति कायम राख्न आग्रह गर्दै सत्य, न्याय, कानुनी शासन र सामाजिक सद्भावप्रति आफ्नो प्रतिबद्धता अटल रहेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij