२०८३, कार्तिक १९ गते

Nov 04 2026

सडक सुरक्षामा सबै पक्षको समान भूमिका आवश्यक : आईजीपी कार्की

सडक सुरक्षामा सबै पक्षको समान भूमिका आवश्यक : आईजीपी कार्की

रोज नेपाल
शुक्रवार, श्रावण ८ २०८३
रोज नेपाल
शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सुरक्षित सडक व्यवस्था कायम गर्न प्रहरीको प्रयास मात्र पर्याप्त नहुने भन्दै सरकार, सञ्चारमाध्यम, निजी क्षेत्र, नागरिक समाज र आम नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।

    काठमाडौंस्थित नेपाल पुलिस क्लबमा शुक्रबार आयोजित मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सडक सुरक्षा साझा जिम्मेवारीका रूपमा स्थापित हुनुपर्ने धारणा व्यक्त गरे।

    उनका अनुसार सडक सुरक्षालाई केवल ट्राफिक प्रहरीको जिम्मेवारीका रूपमा हेर्ने सोच परिवर्तन गर्न आवश्यक छ। विभिन्न सरकारी निकाय, सञ्चार संस्था, निजी क्षेत्र र नागरिक समाजबीच प्रभावकारी सहकार्य र समन्वय हुन सके मात्र सडकलाई सुरक्षित बनाउन सकिने उनले उल्लेख गरे।

    कार्यक्रममा बोल्दै आईजीपी कार्कीले विगतको आन्दोलनका क्रममा मेट्रो ट्राफिक एफएमको भवन तथा उपकरणमा क्षति पुगे पनि संस्थाले पुनर्निर्माणपछि अझ सशक्त रूपमा सेवा सञ्चालन गरेको भन्दै प्रशंसा गरे। कठिन परिस्थितिलाई अवसरमा बदल्दै नागरिकलाई सूचना प्रवाह गर्ने आफ्नो दायित्वलाई निरन्तरता दिएको उनले बताए।

    उनले सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात प्रणाली निर्माणका लागि सबै सरोकारवालाबीच निरन्तर सहकार्य, समन्वय र जनचेतना अभिवृद्धि अपरिहार्य रहेको उल्लेख गर्दै त्यसतर्फ सबै पक्षले समान जिम्मेवारीका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij