२०८३, आश्विन १ गते

Sep 17 2026

घटराज स्मृति दिवसमा घुम्ती

घटराज स्मृति दिवसमा घुम्ती

शनिवार, श्रावण ९ २०८३
शनिवार, श्रावण ९ २०८३
  • काठमाडौं ।  वरिष्ठ साहित्यकार घटराज भट्टराईको बीसौं स्मृति दिवसको सन्दर्भ पारेर साउन ९ गते शनिबार घुम्ती कवि गोष्ठीको १६४ औं  शृङ्खला सम्पन्न गरिएको छ ।

    घटराज मेमोरियल स्कुलका प्राचार्य डा.राजेशराज भट्टराईको सभापतित्व,उपन्यासकार शुकदेव उपाध्यायको प्रमुख र साहित्यकारहरु रमेश खनाल ,बालकृष्ण दाहाल,स्कुलका अध्यक्ष रीना ढकालको आतिथ्यमा सम्पन्न कवि गोष्ठीमा चेवन बस्नेत ठुलाघरे,शारदा पराजुली,विमल अर्याल,दुर्गा अधिकारी भमरकोटे,संजय सोती,भानुभक्त न्यौपाने,डा.राजेन्द्र पौडेल,रामचन्द्र दाहाल,शालिकराम ढकाल,ध्रुवराज थापा पुरुष,शान्ति न्यौपाने,प्रवीणचन्द्र पौडेल,घनश्याम प्रसाइं,राजेशमान केसी,भावना बराल,देवकी आचार्य,पुष्पा दाहाल,सुशील आचार्य,मिसन मरिण,आल्फिफोहेन फाक्लुप्पा,विश्वनाथ तामाङ,अपश्री सापकोटा,गीता दाहल,अच्युत प्रसाद पौडेल चिन्तन,विनोद दाहाल वत्स,ओमप्रसाद कोइराला,  वसन्त रिजाल,डा. कृष्णसुवेदी ( भार्द्वाज मित्र),कविता दाहाल,कृष्णप्रसाद पौडेल जस्ताघरे,जुमनकिरण,रन्जु दाहाल,रमा पोखरेल, विसुकुमार केसी,पार्वता गौतम,कविता पोखरेल,प्रशुराम पोखरेल लगायतले रचना वाचन गर्नुभएको थियो ।

    घुम्ती कवि गोष्ठीका उपाध्यक्ष त्रिलोचन  आचार्यले स्वागत र निबन्ध आचार्यले धन्यवाद ज्ञापन्    गर्नुभएको सो कार्यक्रम मा सभापति डा.राजेशराज भट्टराई ,प्रमुख अतिथि शुकदेव उपाध्याय,अतिथिहरु प्रयागराज वाशिष्ठ,रमेश खनाल, छन्दविनोद दाहाल,बालकृष्ण दाहालले घटराज भट्टराईको व्यक्तित्व र कृतित्वको बारेमा प्रकाश पार्नुभएको थियो ।

    कार्यक्रमको शुरुमा वरिष्ठ साहित्यकार घटराज भट्टराईको तस्बिरमा माल्यार्पण गरिएको थियो । पर्शुराम परासरले संचालन गर्नुभएको सो कार्यक्रममा  कविहरुका साथै घटराज भट्टराईका आफन्तहरुको उपस्थिति रहेको थियो ।

    भट्टराईको २०६३ साल साउन २२ गते निधन भएको थियो । घुम्ती कवि गोष्ठीमा एक जना सहभागीलाई  भाग्यशाली पुरस्कार दिइने गरिएको छ ।

    यस पटक सो पुरस्कार घनश्याम प्रसाइंले प्राप्त गर्नुभएको थियो

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij