२०८३, कार्तिक २० गते

Nov 05 2026

उकालो लाग्यो सुनको भाउ, चाँदी पनि महँगियो

उकालो लाग्यो सुनको भाउ, चाँदी पनि महँगियो

रोज नेपाल
आइतवार, श्रावण १० २०८३
रोज नेपाल
आइतवार, श्रावण १० २०८३
  • काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढ्दै २ लाख ८७ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

    यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ६० रुपैयाँले बढेर ४ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य परिवर्तनको प्रभावसँगै नेपाली बजारमा पनि सुनचाँदीको भाउ बढेको व्यवसायीहरू बताउँछन्।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij