२०८३, आश्विन १ गते

Sep 17 2026

नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमण : एक पक्राउ, घटनाबारे छानबिन तीव्र

नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमण : एक पक्राउ, घटनाबारे छानबिन तीव्र

रोज नेपाल
सोमवार, श्रावण ११ २०८३
रोज नेपाल
सोमवार, श्रावण ११ २०८३
  • वीरगञ्ज। नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न तनावका बीच चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न अन्य व्यक्तिको पहिचान र उनीहरूको भूमिकाबारे पनि अनुसन्धान जारी रहेको जनाइएको छ।

    घटनाको यथार्थ अवस्था बुझ्न, सुरक्षा अवस्था मूल्याङ्कन गर्न तथा आवश्यक समन्वयका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रतिनिधि टोली वीरगञ्ज पठाएको छ।

    आक्रमणमा घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएकी छन्। मन्त्रालयका अनुसार घाइते चिकित्सकको उपचारका लागि आवश्यक सम्पूर्ण व्यवस्था सरकारले मिलाएको छ।

    मन्त्री मेहताले स्वास्थ्य संस्थाभित्र हुने कुनै पनि प्रकारको हिंसा अस्वीकार्य रहेको स्पष्ट पार्दै घटनामा संलग्न दोषीलाई कानुनअनुसार कारबाही गरिने बताएकी छन्। साथै, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्दै नागरिकले सुरक्षित वातावरणमा स्वास्थ्य सेवा पाउने अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको उनले दोहोर्‍याएकी छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij