काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ तालघरेस्थित बुल्दीखोलामा आज एक महिलाको शव फेला परेको छ। डिहीगाउँ जाने पक्की पुलमुनि अन्दाजी ३०/३५ वर्षीया महिलाको शव फेला परेको हो।
पानीमा डुबिरहेको अवस्थामा फेला पारी तत्काल उद्धार गरी निजलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक थापाले जानकारी दिए।
निजको शवपरीक्षणका लागि अस्पातलमा राखिएको छ । मृतकको सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।
