काठमाडौँ । सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्ष पदमा जनस्वास्थ्यविद् डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ।
स्वास्थ्य तथा खाद्य मन्त्री निशा मेहताले डा. प्याकुरेललाई बोर्डको अध्यक्षमा नियुक्त गरेकी हुन्। नियुक्तिपछि बिहीबार बिहान आयोजित कार्यक्रममा उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शपथ ग्रहण समारोहमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहताको उपस्थिति रहेको थियो। शपथसँगै डा. प्याकुरेलले स्वास्थ्य बिमा बोर्डको नेतृत्व सम्हाल्ने औपचारिक जिम्मेवारी ग्रहण गरेका छन्।
जनस्वास्थ्य क्षेत्रमा लामो अनुभव भएका डा. प्याकुरेलको नेतृत्वमा स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी र सेवामुखी बनाउने अपेक्षा गरिएको छ।
