काठमाडौं । नेपालको लोकतान्त्रिक तथा कम्युनिष्ट आन्दोलनमा निर्वाह गरेको नेतृत्वदायी भूमिकोको सम्मान गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरीएको छ । प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीलाल स्मृति प्रतिष्ठानले आफ्नो २९औँ स्मृति दिवसको अवसरमा नेपाललाई सम्मान प्रदान गरेको हो।
प्रतिष्ठानका संस्थापक सभापति समेत रहेका नेता नेपाललाई प्रतिष्ठानले नेपालको लोकतान्त्रिक तथा कम्युनिष्ट आन्दोलनमा निर्वाह गरेको अग्रणी नेतृत्वदायी भूमिका, तुलसीलाल स्मृति प्रतिष्ठानको स्थापना, जग्गा प्राप्ति, भवन निर्माण तथा विकासमा पुर्याएको योगदानका साथै समाजसेवा, जनहित, कल्याण, न्याय, समानता र समृद्धिका क्षेत्रमा उल्लेखनीय योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरेको हो ।