२०८३, कार्तिक २० गते

Nov 05 2026

राष्ट्रिय सभाको बैठक आज, प्रधानमन्त्रीले मधेशी आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने

राष्ट्रिय सभाको बैठक आज, प्रधानमन्त्रीले मधेशी आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने

रोज नेपाल
सोमवार, श्रावण १८ २०८३
रोज नेपाल
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौं । राष्ट्रिय सभाको बैठक सोमबार दिउँसो बस्ने भएको छ। बैठक संघीय संसद भवन, सिंहदरबारमा दिउँसो १ः१५ बजे सुरु हुने कार्यतालिका रहेको छ।

    आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र साह ले आर्थिक वर्ष २०८१/८२ को मधेशी आयोगको वार्षिक प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

    त्यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल ले ‘मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ संसदमा पेस गर्ने कार्यसूची रहेको छ।

    बैठकमा दुवै प्रतिवेदनमाथि आवश्यक संसदीय प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ। 

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij