२०८३, आश्विन १ गते

Sep 17 2026

बसको ठक्करपछि सुनकोशीमा कार खस्यो

बसको ठक्करपछि सुनकोशीमा कार खस्यो

रोज नेपाल
सोमवार, श्रावण १८ २०८३
रोज नेपाल
सोमवार, श्रावण १८ २०८३
  • सिन्धुली । सिन्धुलीको फिक्कल–२ नवलपुर क्षेत्रमा भएको सडक दुर्घटनामा एउटा कार सुनकोशी नदीमा खसेको छ। दुर्घटनाका बेला कारमा चार जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

    प्रहरीका अनुसार रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सीमाक्षेत्र नजिक पर्ने लिखु खोलाको आसपास मध्यपहाडी राजमार्गमा दुर्घटना भएको हो। विपरीत दिशाबाट आएको बससँग ठोक्किएपछि कार सडकबाट अनियन्त्रित भई सुनकोशी नदीमा खसेको बताइएको छ।

    कारमा मध्यपहाडी राजमार्गअन्तर्गत निर्माण कार्यमा संलग्न एक कन्ट्र्याक्टरसहित अन्य तीन जना सवार रहेका थिए।

    घटनापछि उद्धार तथा खोजीका लागि प्रहरी टोली तत्काल परिचालन गरिएको छ। दुर्घटनामा भएको मानवीय क्षति तथा घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij