काठमाडौं,। नेकपा माओवादी केन्द्र ले बोलेको स्मृति दिवसको अवसरमा काठमाडौंस्थित बान्क्वेटमा विचार गोष्ठी कार्यक्रम आयोजना गरेको छ।
"सहिदको सपना–हाम्रो जिम्मेवारी" कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष (संयोजक) तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा माओवादी केन्द्रका सह संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहित माओवादी केन्द्रका शीर्ष नेताहरू, सहिद परिवार, जनवर्गीय संगठनका प्रतिनिधि तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूको सपना अझै पूर्ण रूपमा साकार हुन नसकेको उल्लेख गर्दै त्यसलाई पूरा गर्न सबै क्रान्तिकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताए। उनले सहिदहरूको त्याग र बलिदानलाई व्यवहारमा उतार्दै सामाजिक न्याय, सुशासन र समृद्ध नेपालको निर्माणमा केन्द्रित हुनुपर्ने धारणा राखे।
वक्ताहरूले बोलेका १५ जना महान सहिदहरूको योगदानको स्मरण गर्दै उनीहरूको बलिदान नेपाली राजनीतिक परिवर्तनको महत्वपूर्ण आधार बनेको बताए। सहिदहरूले देखाएको समानतामूलक समाज निर्माणको लक्ष्य हासिल गर्न सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी निर्वाह गर्नुपर्नेमा पनि जोड दिइयो।
कार्यक्रममा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनीहरूको योगदानलाई भावी पुस्तासम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको थियो।