काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि लागू हुने विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। प्रकाशित विनिमयदरअनुसार अमेरिकी डलरको खरिद मूल्य १५२ रुपैयाँ २५ पैसा र बिक्री मूल्य १५२ रुपैयाँ ८५ पैसा कायम गरिएको छ।
युरोको खरिददर १७५ रुपैयाँ ४४ पैसा तथा बिक्रीदर १७६ रुपैयाँ १३ पैसा तोकिएको छ। त्यसैगरी बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०४ रुपैयाँ ७७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ। स्विस फ्र्याङ्कको खरिद मूल्य १८८ रुपैयाँ २५ पैसा तथा बिक्री मूल्य १८९ रुपैयाँ रहेको छ।
अन्य प्रमुख मुद्रातर्फ अष्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८५ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११८ रुपैयाँ ७० पैसा र बिक्रीदर ११९ रुपैयाँ १७ पैसा कायम गरिएको छ।
त्यस्तै, १० जापानी येनको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ। चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियाली वन, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको विनिमयदर पनि राष्ट्र बैंकले अद्यावधिक गरेको छ।
भारतीय मुद्रातर्फ १०० भारतीय रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर समय–समयमा परिमार्जन गर्न सकिने जनाएको छ।