२०८३, कार्तिक २० गते

Nov 05 2026

कप्तानगन्ज घटनापीडितलाई सरकारी राहत : मन्त्रिपरिषद्बाट क्षतिपूर्ति र उपचारको व्यवस्था गर्ने निर्णय

कप्तानगन्ज घटनापीडितलाई सरकारी राहत : मन्त्रिपरिषद्बाट क्षतिपूर्ति र उपचारको व्यवस्था गर्ने निर्णय

रोज नेपाल
बुधवार, श्रावण २० २०८३
रोज नेपाल
बुधवार, श्रावण २० २०८३
  • काठमाडौं । सरकारले कप्तानगन्ज घटनामा प्रभावित भएका परिवार तथा घाइतेहरूको राहत, क्षतिपूर्ति र उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले घटनाबाट प्रभावित व्यक्तिहरूलाई आवश्यक राहत उपलब्ध गराउने तथा मृतकका परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

    सरकारले घाइतेहरूको उपचारको सम्पूर्ण व्यवस्था मिलाउने र आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेको छ। घटनाबाट प्रभावित परिवारलाई राज्यका तर्फबाट राहत उपलब्ध गराउने प्रक्रिया सम्बन्धित निकायमार्फत अघि बढाइने जनाइएको छ।

    सरकारी विवरणअनुसार उक्त घटनामा सुनसरीमा तीन जना र सिरहामा एक जना गरी कुल चार जनाको मृत्यु भएको छ। 

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij