काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाली कम्युनिस्ट आन्दोलनको पुरानो स्वरूपको औचित्य समाप्त भएको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचनपछिको कम्युनिस्ट विचलनका कारण आन्दोलन कमजोर बन्दै गएको र पार्टीभित्रको वैचारिक प्रशिक्षण ९स्कुलिङ० समेत खस्किएको बताए।
संसदीय अभ्यासमा सहभागी कम्युनिस्ट पार्टीहरू दुईतिहाइ बहुमत नजिक पुगेर पटक–पटक सरकारको नेतृत्वमा पुगे पनि राज्यका संरचनामा अपेक्षित परिवर्तन गर्न नसकेको उनको आरोप छ।
नेपालको विद्यमान राजनीतिक संकट समाधानका लागि राजनीतिले नयाँ निकास खोजिरहेको उल्लेख गर्दै प्रमुख राजनीतिक शक्तिहरूबीच गम्भीर छलफल र सहकार्य आवश्यक रहेको उनले बताए ।
देशका विभिन्न शक्तिहरू गम्भीर भएर एकै ठाउँमा उभिएमा मात्र मुलुकले नयाँ दिशा लिन सक्ने भन्दै विप्लवले भने “हाम्रो दृष्टिमा संसदीय कम्युनिस्ट आन्दोलन आफ्नो उद्देश्यअनुसार सफल हुन सकेन। सरकारको नेतृत्व गरे पनि राज्यका संरचनामा अपेक्षित परिवर्तन गर्न नसकेकाले यसलाई नयाँ दृष्टिकोणबाट पुनर्गठन गर्न आवश्यक छ,”
कम्युनिस्टहरूले आफ्नो मूल लक्ष्य र उद्देश्यलाई स्पष्ट गर्दै जनतालाई सही दिशानिर्देश गर्नुपर्ने उनको भनाइ थियो। देशको राजनीतिक संकटबाट निकासका लागि प्रमुख शक्तिहरूबीच सहकार्य र साझा प्रयास आवश्यक रहेको उनले बताए।
उनले अब नयाँ घोषणापत्र, नयाँ विचार र देशको आवश्यकता अनुसारको समाजवादी विकल्पसहित अघि बढ्नुपर्ने धारणा राखे। पुराना कम्युनिस्ट पार्टीहरू सरकार बनाउने र फुट्ने चक्रमै अल्झिएकाले त्यसबाट समाजवादको लक्ष्य हासिल हुन नसक्ने उनको भनाइ थियो।
विप्लवले देश सुहाउँदो समाजवाद निर्माण गर्न नसके नेपाल परतन्त्रतातर्फ जाने जोखिम रहेको समेत उल्लेख गरे। यसैबीच, उनले ओली र प्रचण्ड बीचको सत्ता साझेदारीप्रति कटाक्ष गर्दै पुरानो राजनीतिक शैलीको समय सकिएको टिप्पणी गरे।
यस समाचारलाई थप धारीलो पेचिलो र शिलशिलावध्ध बनाईदीनुस समाजवाद डटकममा प्रकाशन गर्नेगरी १० वटा ह्यासट्याग सहित