२०८३, आश्विन १ गते

Sep 17 2026

गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने

गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने

रोज नेपाल
शनिवार, श्रावण २३ २०८३
रोज नेपाल
शनिवार, श्रावण २३ २०८३
  • जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ ।

    प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह र यादवका परिवारबीच शुक्रबार साँझ भएको छलफलपछि घर निर्माण गर्ने सहमति भएको हो । सहमतिअनुसार यादवको परिवारका लागि दुईवटा कोठा, भान्साघर र शौचालयसहितको पक्की आवास निर्माण गरिनेछ ।

    प्रदेश सरकारले सञ्चालन गर्दै आएको ‘विपन्नसँग मदन भण्डारी आवास योजना’ अन्तर्गत उक्त घर निर्माण गर्ने सहमति भएको जनाइएको छ ।

    सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर सिरहाको गोलबजारमा साउन १४ गते प्रदर्शन भएको थियो । सोही क्रममा गोली लाग्दा यादवको मृत्यु भएको थियो ।

    यादवको परिवारको आर्थिक अवस्था कमजोर रहेको जानकारी पाएपछि प्रदेश सरकारको तर्फबाट आवास निर्माणको पहल गरिएको मन्त्री सिंहले बताएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij