काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले राष्ट्रिय महत्वका विषयमा राजनीतिक दल र नेतृत्व एक ठाउँमा उभिन नसक्दा देशको छवि अन्तर्राष्ट्रियस्तरमै कमजोर बनेको टिप्पणी गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा संक्षिप्त धारणा राख्दै सांसद राईले राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरे। उनले नेपाली समाजभित्र मात्रै नभई बाहिरी दुनियाँबाट समेत नेपाललाई हेर्ने दृष्टिकोणमा प्रश्न उठिरहेको बताए।
राष्ट्रिय विषयमा दलहरूबीच एकता आवश्यक रहेको आफूले निरन्तर बताउँदै आएको उल्लेख गर्दै राईले अहिलेको अवस्थाप्रति विश्वभरबाटै ‘कुरीकुरी’ भन्ने अवस्था सिर्जना भएको टिप्पणी गरे।
उनले राष्ट्रिय मुद्दामा साझा सोच र एकताका साथ अघि बढ्न राजनीतिक नेतृत्वलाई आग्रह गरे। संक्षिप्त धारणा राखेपछि सांसद राई आफ्नो आसनमा बसेका थिए।