२०८३, आश्विन २ गते

Sep 18 2026

दुर्गा प्रसाईँबिनै ‘जय नेपाल पार्टी’ दर्ता गर्ने तयारीमा धवल समूह

दुर्गा प्रसाईँबिनै ‘जय नेपाल पार्टी’ दर्ता गर्ने तयारीमा धवल समूह

रोज नेपाल
बुधवार, श्रावण २७ २०८३
रोज नेपाल
बुधवार, श्रावण २७ २०८३
  • काठमाडौं । डा. धवलशम्शेर राणाको समूहले दुर्गा प्रसाईँलाई बाहिर राखेर नयाँ राजनीतिक दल दर्ता गर्ने तयारी अघि बढाएको छ।

    राणा समूहले आगामी साउन २९ गते निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ नामक दल दर्ताका लागि प्रक्रिया अघि बढाउने तयारी गरेको बताइएको छ।

    यसअघि धवलशम्शेर राणा र दुर्गा प्रसाईँ मिलेर संयुक्त रूपमा राजनीतिक दल गठन गर्ने तयारी गरेका थिए। तर पछिल्लो समय दुई पक्षबीच मतभेद बढेपछि राणा समूहले प्रसाईँबिनै दल दर्ता गर्ने निर्णयतर्फ अघि बढेको हो।

    प्रसाईँले हालै एक युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा राणामाथि विभिन्न आरोप लगाएका थिए। उनले राणा राजसंस्था पुनःस्थापनाको पक्षमा नरहेको आशयको अभिव्यक्ति दिएपछि राणा समूह असन्तुष्ट बनेको बताइएको छ।

    त्यसपछि दुई पक्षबीचको सहकार्यमा थप दूरी बढेको र राणा समूहले छुट्टै पार्टी दर्ताको तयारी थालेको स्रोतको भनाइ छ। पछिल्लो घटनाक्रमसँगै प्रस्तावित ‘जय नेपाल पार्टी’मा प्रसाईँको सहभागिता नरहने भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij