काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले प्रधानमन्त्री वालेन्द्र शाहलाई आफ्ना मन्त्रीहरूलाई नियन्त्रणमा राख्दै विपद् उद्धार र राहतमा ध्यान दिन आग्रह गरेका छन्।
मंगलबार संसद् बैठकमा बोल्दै पुनले जाजरकोट, रोल्पा, बागलुङलगायत क्षेत्रमा विपद्का घटना बढिरहे पनि सरकारले प्रभावकारी उद्धार तथा राहतमा ध्यान नदिएको आरोप लगाए। उनले मन्त्री बिरामी पर्दा विपद् उद्धारका लागि राखिएको सेनाको हेलिकप्टर प्रयोग गरेर काठमाडौं ल्याइएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाए।
पुनले गृहमन्त्री सुदन गुरुङको खोजी गर्दै विपद् व्यवस्थापनमा सरकारले गरेको कामबारे जवाफ मागे। उनले ग्यास, मल र पासपोर्टमा नागरिकले लामो लाइन बस्नुपरेको भन्दै सरकारप्रति व्यंग्यसमेत गरे।