२०८३, आश्विन १ गते

Sep 17 2026

भीमफेदीमा सरकारी स्कर्पियो दुर्घटना, प्रमुख न्यायाधीशसहित ६ घाइते

भीमफेदीमा सरकारी स्कर्पियो दुर्घटना, प्रमुख न्यायाधीशसहित ६ घाइते

रोज नेपाल
मंगलवार, भाद्र २ २०८३
रोज नेपाल
मंगलवार, भाद्र २ २०८३
  • हेटौंडा । हेटौंडा–काठमाडौं छोटो दूरीको वैकल्पिक सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदीमा सरकारी स्कर्पियो दुर्घटना हुँदा उच्च अदालत जनकपुर, वीरगन्ज इजलासका प्रमुख न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन्।

    प्रहरीका अनुसार मंगलबार बिहान काठमाडौंँबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश–३–०१–००२ झ ५१८३ नम्बरको स्कर्पियो भीमफेदी गाउँपालिका–६, जुरीखेतमा दुर्घटनामा परेको हो। सडकको डिभाइडरमा ठोक्किएपछि अनियन्त्रित बनेको गाडी करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

    दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। तीमध्ये एक महिलाको अवस्था निकै चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।

    घाइते सबैलाई स्थानीय अस्पतालमा लगेर प्रारम्भिक उपचार गरिएको थियो। गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

    दुर्घटनाका बेला स्कर्पियोमा चालकसहित ६ जना सवार थिए। दुर्घटनामा प्रमुख न्यायाधीश डाँगीसमेत घाइते भएका छन्।

    दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij