२०८३, आश्विन २ गते

Sep 18 2026

नेपाल बोटल वाटर उद्योग संघ अब महासंघ बन्दै

नेपाल बोटल वाटर उद्योग संघ अब महासंघ बन्दै

रोज नेपाल
शनिवार, श्रावण १८ २०८२
रोज नेपाल
शनिवार, श्रावण १८ २०८२
  • काठमाडौं । नेपाल भरिका पानी व्यवसायीहरुलाई समेटेर अगाडी बढी रहेको नेपाल बोटल वाटर उद्योग संघ अब महासंघको रुपमा रुपान्तरण हुने प्रकृयामा आगाडी बढेको छ ।


    आगामी १४ औं साधारणसभा तथा राष्ट्रिय भेला मार्फत संघलाई महासंघको रुपमा अगाडी बढाउने योजनाको बिषयमा बृहत छलफल भई रहेको नेपाल बोटल वाटर उद्योग संघका वर्तमान अध्यक्ष ध्रुव बहादुर गौतमले बताउनु भएको छ ।


    यहि भाद्र १४ गते धुलिखेलमा हुने राष्ट्रिय सम्मेलन तथा १४ औं साधारणसभा मार्फत संघलाई महासंघको रुपमा आधाकारिक ढंग बाट अगाडी बढाउने प्रस्ताव पारित गर्न अहिलेको समिति छलफलमा जुटिरहेको बुझिएको छ ।


    धुलिखेलमा हुने कार्यक्रममा संघिय मन्त्री र उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल तथा पदाधिकारी हरुको समेत उपस्थिति रहने अध्यक्ष ध्रुव बहादुर गौतमले बताउनु भयो ।


    बिभिन्न प्रदेश समितिहरु समेत गठन भईसकेको तथा २५ भन्दा माथि जिल्लामा संगठन बिस्तार भई सकेकोले अब महासंघ बनाउन ढिला गर्न नहुने प्रस्ताव साथिहरुबाट आए पछि छलफल प्रकृया अगाडी बढाएको अध्यक्ष गौतले बताउनु भयो ।


    जिल्लामा बनेका संगठनहरुलाई जिल्लामै स्वायत्त भएर कार्य सम्पादन गर्न सक्ने अवस्था बनाएर महासंघलाई केन्द्रिय स्तरको संगठन बनाउने बिषयमा कानुनी र प्राबिधिक सल्लाह भईरहेको गौतमले बताउनु भयो ।


    २५ जिल्लका प्रतिनिधि सहितको राष्ट्रिय भेला आयोजना गरिने भएकोले संगठनमा नेतृत्व परिवर्तनको समेत बहस शुरु भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij