२०८३, आश्विन १ गते

Sep 17 2026

सिद्धार्थ राजमार्गमा पहिरो खस्दा यातायात ठप्प

सिद्धार्थ राजमार्गमा पहिरो खस्दा यातायात ठप्प

रोज नेपाल
बुधवार, भाद्र ३ २०८३
रोज नेपाल
बुधवार, भाद्र ३ २०८३
  • पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्ग नजिक पहिरो खसेपछि सडक पूर्णरूपमा बन्द भएको छ।

    बुधबार बिहान करिब ७ः३५ बजे सुरुङमार्गको पाल्पातर्फको प्रवेश बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ सडकको माथिल्लो भागबाट पहिरो खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

    प्रहरीका अनुसार घटनास्थलमा अझै पनि माथिबाट पहिरो झर्ने क्रम नरोकिएकाले तत्काल सडक सफा गर्ने काम अघि बढाउन सकिएको छैन। पहिरो खस्ने क्रम रोकिएपछि मात्र सडक खुलाउने प्रयास थालिने बताइएको छ।

    राजमार्ग अवरुद्ध भएपछि सो सडकखण्डमा यात्रु तथा सवारीसाधनको आवागमन प्रभावित भएको छ। अवस्थालाई निगरानीमा राख्दै प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली घटनास्थलमा परिचालन गरिएको छ।

    सडक खुलाउन आवश्यक प्रक्रिया पहिरोको अवस्था हेरेर अघि बढाइने प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij