काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले आज नियमित मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।
बैठकमा सरकारका दैनिक प्रशासनिक तथा नियमित कामकारबाहीसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने बताइएको छ। आवश्यक विषयमा निर्णयसमेत गरिने जनाइएको छ।
मन्त्रिपरिषद्को बैठकमा समसामयिक सरकारी काम, मन्त्रालयगत प्रस्ताव तथा प्रशासनिक विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ।