२०८३, आश्विन २ गते

Sep 18 2026

राष्ट्रिय सभा बैठक आज बस्दै, अर्थ र गृह मन्त्रालयका प्रश्नको जवाफ दिइने

राष्ट्रिय सभा बैठक आज बस्दै, अर्थ र गृह मन्त्रालयका प्रश्नको जवाफ दिइने

रोज नेपाल
शुक्रवार, भाद्र ५ २०८३
रोज नेपाल
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौं । राष्ट्रिय सभाको बैठक आज शुक्रबार दिउँसो बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजे बैठक सुरु हुने कार्यसूची रहेको छ।

    बैठकमा अर्थ मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरू उठाइने र सम्बन्धित मन्त्रीहरूले त्यसको जवाफ दिने सम्भावित कार्यसूचीमा उल्लेख छ।

    त्यस्तै, प्रधानमन्त्री बालेन्द्र साहले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत गर्ने तयारी छ।

    बैठकमा उक्त प्रस्तावमाथि छलफल अघि बढाउनेसहित अन्य संसदीय विषयसमेत कार्यसूचीमा समावेश छन्।

    karyasuchi.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij