२०८३, कार्तिक २० गते

Nov 05 2026

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निजी गाडीका लागि खुल्यो

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निजी गाडीका लागि खुल्यो

रोज नेपाल
सोमवार, भाद्र ८ २०८३
रोज नेपाल
सोमवार, भाद्र ८ २०८३
  • काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अब निजी सवारीसाधनले पनि प्रयोग गर्न पाउने भएका छन्। सडक विभागले सोमबार बिहान ९ बजेदेखि ९ सिटसम्म क्षमता भएका निजी गाडीलाई सुरुङमार्गबाट आवागमनको अनुमति दिएको हो।

    नयाँ व्यवस्थाअनुसार कार, जीप र भ्यानलगायत ९ जनासम्म यात्रु बोक्ने निजी सवारीसाधनले काठमाडौँ र धादिङबीच यात्रा गर्दा सुरुङमार्ग प्रयोग गर्न सक्नेछन्।

    यसअघि सुरुङमार्गमा आकस्मिक सेवाका सवारी, एम्बुलेन्स तथा सरकारी नम्बर प्लेट भएका गाडीलाई मात्र आवागमनको अनुमति दिइएको थियो। अब भने सोही सुविधामा निजी सवारीसाधनसमेत थपिएका छन्।

    सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगाको पुरानो उकालो सडक हुँदै यात्रा गर्नुपर्ने बाध्यता निजी सवारीसाधनका लागि पनि घटेको छ। काठमाडौँबाट धादिङ जाने र धादिङबाट काठमाडौँ आउने यात्रुले वैकल्पिक मार्गका रूपमा सुरुङ प्रयोग गर्न सक्नेछन्।

    सडक विभागले सुरुङमार्गलाई क्रमशः थप सवारीसाधनका लागि सहज बनाउँदै लैजाने तयारीअनुसार निजी गाडीलाई प्रवेश अनुमति दिएको जनाएको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij