२०८३, आश्विन १ गते

Sep 17 2026

बागमती प्रदेश सभा बैठकै नबसी भोलिलाई सर्यो

बागमती प्रदेश सभा बैठकै नबसी भोलिलाई सर्यो

रोज नेपाल
मंगलवार, भाद्र ९ २०८३
रोज नेपाल
मंगलवार, भाद्र ९ २०८३
  • काठमाडौँ। बागमती प्रदेश सभा बैठक आज नबसी भोलिलाई सारिएको हो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने गरि आज सोमबारलाई प्रदेश सभा बैठक बोलाइएको थियो।

    मुख्य मन्त्री थापाले विश्वासको मत लिन सोमवार दिउँसो १:०० बजेलाई बैंठक बोलाइएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कम्युनिटी पाटि (नेकपा) सत्तापक्ष पाटिका आन्तरिक विवादको कारण भोलिको दिनलाई बैठक सरेको हो।

    साँझको ५ बजेको लागि बैठक  बोलाइए तापनि उक्त विवादका कारण पछि पनि पुन: फेरि समय संशोधन गरी बेलुका ८ बजे सकिएको थियो अन्ततः उपसभामुख अप्सरा चापागाईंले आजको बैठकको कार्यक्रम स्थगित गरेर भोलि मंगलबार दिउँसो ४ बजेका लागि समय तोकेकी छन् ।

    सत्तारुढ गठबन्धनभित्रकै असन्तुष्टि, राप्रपाभित्रको विवाद र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधको चेतावनीपछि बैठक पटक–पटक सर्दै आएको थियो ।

    मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त गर्न प्रदेशसभाको तत्काल कायम रहेको सदस्य संख्याको बहुमत अर्थात् ५३ सांसदको समर्थन आवश्यक पर्छ ।

    तर, सत्तासाझेदार दल नेकपाका सात जना सांसद सोमबार प्रदेशसभा बैठकमा अनुपस्थित रहने देखिएको थियो । जसले सरकारलाई विश्वासको मतका लागि आवश्यक संख्या जुटाउन चुनौती थपिएको थियो ।

    सत्तापक्षका एक सांसदका अनुसार नेकपाका गंगानारायण श्रेष्ठ, उर्मिला लामा, रुकु चौलागाईं, कृष्ण खनाल, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ र युवराज चौलागाईं बैठकमा अनुपस्थित भएका थिए । उनीहरू मन्त्रिपरिषद् विस्तार तथा सरकारमा सहभागी गराउने विषयमा पार्टीभित्र पर्याप्त छलफल नगरी निर्णय गरिएको भन्दै असन्तुष्ट रहेको बताइएको छ ।

    उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि मुख्यमन्त्री थापामगर नेतृत्वको सरकार गठनको संवैधानिक वैधतामाथि प्रश्न उठाउँदै प्रदेशसभा बैठक सञ्चालनमा अवरोध गर्ने चेतावनी दिएको थियो ।

    कांग्रेसले मुख्यमन्त्री नियुक्तिविरुद्ध उच्च अदालत पाटन, हेटौंडा इजलासमा राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले उत्प्रेषण परमादेशसहितको निवेदन दिएको र अदालतले सोमबार कारण देखाउ आदेश जारी गर्दै १० भदौमा छलफलका लागि दुवै पक्षलाई बोलाएकोले विचाराधीन विषयमा प्रदेशसभामा छलफल गर्नु असंवैधानिक हुने दाबी गर्दै अदालतबाट अर्को निर्णय नआएसम्म प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij