२०८३, आश्विन १ गते

Sep 17 2026

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गरिएको देउवा र खड्काको रिटमा भदौ ११ गते पेशी

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गरिएको देउवा र खड्काको रिटमा भदौ ११ गते पेशी

रोज नेपाल
मंगलवार, भाद्र ९ २०८३
रोज नेपाल
मंगलवार, भाद्र ९ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर देखिएको कानुनी विवाद सर्वोच्च अदालत पुगेको छ। पार्टीका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनका तयारी तथा प्रक्रियालाई तत्काल रोक्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले पेशी तोकेको छ।

    सर्वोच्चमा दर्ता भएको उक्त रिटमाथि भदौ ११ गते सुनुवाइ हुने भएको हो। निवेदकहरूले अदालतबाट निस्सा प्रदान भएमा अन्तिम फैसला नआएसम्म कांग्रेसको १५औँ महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया स्थगित गर्न माग गरेका छन्।

    रिटमा महाधिवेशनको प्रक्रिया अघि बढाउँदा पार्टीभित्र उत्पन्न भएका विभिन्न विषय तथा विवादलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

    यता कांग्रेसको संस्थापन पक्ष भने महाधिवेशनको तयारीलाई निरन्तरता दिइरहेको छ। उसले महाधिवेशनका लागि आवश्यक कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ।

    अब सर्वोच्च अदालतमा हुने सुनुवाइले कांग्रेसको महाधिवेशन प्रक्रिया तत्काल अघि बढ्ने वा रोकिएर जाने भन्ने विषयमा महत्वपूर्ण प्रभाव पार्न सक्ने देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij