२०८३, आश्विन १ गते

Sep 17 2026

बुधबारबाट सेयर बजार खुल्ने

बुधबारबाट सेयर बजार खुल्ने

सोमवार, भाद्र ३० २०८२
सोमवार, भाद्र ३० २०८२
  • काठमाडौं ।  बुधबारबाट सेयर कारोबार खुल्ने भएको छ। धितोपत्र बोर्डले मंगलबारको बैठकमा बुधबारबाट सेयर बजार खोल्ने निर्णय गर्न लागेको हो। 

    'धितोपत्र बोर्डका अध्यक्षले हाम्रा (नेप्सेका) प्रमुख कार्यकारी अधिकृतलाई बुधबारबाट बजार खुल्ने निर्णय मंगलबार गर्न लागिएको जानकारी दिएका छन्,' नेप्सेका एक अधिकारीले बताए। 

    नेप्सेले पछिल्लो पटक भदौ २९ गतेदेखि असोज २ गतेसम्मको लागि सेयर बजार बन्द गरेको थियो। तर, नयाँ निर्णय हुने भएपछि सो समयअघि नै बजार खुल्ने भएको हो। 

    धितोपत्र ‍ऐनले बोर्डको निर्देशनमा बढीमा पाँच दिनलाई सेयर बजार बन्द गर्न सक्ने व्यवस्था गरेको छ।

    यसै आधारमा नेप्सेले भदौ २९ देखि असोज २ गतेसम्म कारोबार रोक्का गर्ने नयाँ निर्णय गरेको थियो। बजार खुल्ने विषयमा धितोपत्र बोर्डले आइतबार पनि छलफल गरेको थियो।

    यसअघि प्रदर्शनकै कारण २५ र २६ गते पनि बजार बन्द गरिएको थियो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij