२०८३, आश्विन १ गते

Sep 17 2026

हाइड्रोजेट दुबईका सञ्चालक पुडासैनीद्वारा बाढीपीडितका लागि ५१ लाख ५१ हजार सहयोग

हाइड्रोजेट दुबईका सञ्चालक पुडासैनीद्वारा बाढीपीडितका लागि ५१ लाख ५१ हजार सहयोग

रोज नेपाल
मंगलवार, भाद्र १६ २०८३
रोज नेपाल
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौं  दुबईमा व्यवसाय गर्दै आएका नेपाली उद्यमी विष्णुप्रसाद पुडासैनीले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि रु. ५१ लाख ५१ हजार १११ सहयोग गरेका छन्।

    पुडासैनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषका लागि उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरणका क्रममा उनका बुबा गोपीप्रसाद पुडासैनी पनि उपस्थित थिए।

    देश बाढी तथा प्राकृतिक विपत्तिको चपेटामा परेका बेला विदेशमा बसेर चुप लागेर बस्न नसकेको पुडासैनीले बताए।

    “विदेशमा बसे पनि मेरो मन नेपालमै छ। देश रोइरहेको बेला म त्यहाँ चुप लागेर बस्न सकिनँ। आफ्नो तर्फबाट सहयोग गर्न पाउनु मातृभूमिप्रतिको गुण तिर्ने एउटा प्रयास हो,” उनले भने।

    उनले विपत्तिको समयमा विदेशमा रहेका नेपालीहरूलाई पनि आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेका छन्।

    “देशलाई समस्या परेको बेला हामी जहाँ भए पनि एकजुट हुनुपर्छ। विदेशमा रहेका नेपालीले पनि आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ,” उनले भने।

    पुडासैनीले आफ्नो सहयोग विपत्तिमा परेका नागरिकको राहत तथा पुनःस्थापनामा केही योगदान पुग्ने विश्वास व्यक्त गरे।

    उनको यो सहयोगले विदेशमा रहेर व्यवसाय गरिरहेका नेपालीहरूलाई पनि मातृभूमिमा परेको विपत्तिमा आफ्नो तर्फबाट सहयोग गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

    देश विपत्तिमा परेको बेला मानवीय सहयोग र एकताका लागि सबै नेपालीलाई आफ्नो गच्छेअनुसार सहयोग गर्न पुडासैनीले आग्रह गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij