काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। बैठकमा पार्टीको आगामी १५औँ महाधिवेशनदेखि रसुवाको भोटेकोशी बाढीबाट उत्पन्न विपद्सम्मका विषयमा छलफल हुने बताइएको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने तय भएको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
बैठकमा १५औँ महाधिवेशनको तयारी तथा त्यससँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ। साथै, भोटेकोशी नदीमा आएको बाढीबाट रसुवामा भएको क्षति र विपद्को अवस्थाबारे पनि बैठकमा छलफल गरिनेछ।
बैठकले पार्टीको आगामी महाधिवेशनसँग सम्बन्धित आवश्यक निर्णय लिनुका साथै बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे समेत समीक्षा गर्ने अपेक्षा गरिएको छ।