२०८३, कार्तिक १९ गते

Nov 04 2026

रसुवा बाढीको संकटमा राष्ट्रपति पौडेलको अपिल : विभाजन होइन, राष्ट्रिय एकता आवश्यक

रसुवा बाढीको संकटमा राष्ट्रपति पौडेलको अपिल : विभाजन होइन, राष्ट्रिय एकता आवश्यक

रोज नेपाल
सोमवार, भाद्र २२ २०८३
रोज नेपाल
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौं । रसुवामा आएको बाढीबाट उत्पन्न विपत्तिको सामना गर्न राष्ट्रिय एकता र सहकार्य अपरिहार्य रहेको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।

    बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेपछि सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विपद्को यस घडीमा राजनीतिक दलदेखि नागरिक समाज, जनप्रतिनिधि, निजी क्षेत्र तथा उद्धार र राहतमा खटिएका सबै पक्षलाई एक ठाउँमा उभिन आग्रह गरे ।

    उनले संकटको समयमा आरोप–प्रत्यारोप र राजनीतिक मतभेदलाई प्राथमिकता दिन नहुने धारणा राखे । विपत्तिले सिर्जना गरेको कठिन परिस्थितिबाट नागरिकलाई सुरक्षित रूपमा बाहिर निकाल्न साझा प्रयास र राष्ट्रिय ऐक्यबद्धता आवश्यक रहेको उनको भनाइ थियो ।

    राष्ट्रपति पौडेलले विपद् व्यवस्थापनमा सरकार तथा सम्बन्धित निकायसँगै निर्वाचित जनप्रतिनिधि, सामाजिक संघसंस्था, व्यवसायी तथा सर्वसाधारणको समेत सक्रिय भूमिका आवश्यक रहेको बताए ।

    उनका अनुसार तत्कालीन उद्धार तथा राहतपछि प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनःस्थापनालाई प्रभावकारी ढंगले अघि बढाउनुपर्नेछ । साथै, विपत्तिपछिको आर्थिक गतिविधिलाई पुनःचलायमान बनाउने विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

    राष्ट्रपति पौडेलले प्राकृतिक विपत्तिको अनुभवबाट आगामी विकास योजनाबारे समेत नयाँ ढंगले सोच्नुपर्ने आवश्यकता औंल्याए । उनले पूर्वाधार निर्माण र विकासका क्रममा भौगोलिक तथा वातावरणीय जोखिमलाई अझ गम्भीर रूपमा समेट्नुपर्ने संकेत गरे ।

    उनले विपत्तिपछिको पुनर्निर्माणलाई केवल क्षति भएका संरचना बनाउने प्रक्रियाका रूपमा मात्र नहेरी दीर्घकालीन र सुरक्षित विकासको आधार तयार गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए ।

    यसका लागि राज्यका सबै तह, राजनीतिक शक्ति, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य बढाउनुपर्ने राष्ट्रपतिको भनाइ छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij