२०८३, आश्विन १ गते

Sep 17 2026

आज जेन्जी सहिद दिवस, देशभर सार्वजनिक बिदा

आज जेन्जी सहिद दिवस, देशभर सार्वजनिक बिदा

रोज नेपाल
मंगलवार, भाद्र २३ २०८३
रोज नेपाल
मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौं । जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झना तथा सम्मानमा आज मंगलबार भदौ २३ गते जेन्जी सहिद दिवस मनाइँदै छ।

    सरकारले सहिद युवाहरूको योगदान र बलिदानको स्मरण गर्दै आज देशभर सार्वजनिक बिदा दिएको छ। भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनका क्रममा मृत्यु भएका युवाहरूको सम्मानमा भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

    भदौ २३ गते भएको जेन्जी आन्दोलनले नेपालको राजनीतिक परिस्थितिमा ठूलो हलचल ल्याएको थियो। आन्दोलनका क्रममा ठूलो संख्यामा युवाहरू सडकमा उत्रिएका थिए भने विभिन्न स्थानमा भएको घटनामा कैयौँ युवाले ज्यान गुमाएका थिए।

    सरकारले आजको दिनलाई उनीहरूको बलिदानको स्मरण गर्ने तथा आन्दोलनमा ज्यान गुमाएका युवाप्रति सम्मान व्यक्त गर्ने दिनका रूपमा मनाउन सार्वजनिक बिदा दिएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij