२०८३, आश्विन १ गते

Sep 17 2026

मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

रोज नेपाल
बिहिवार, भाद्र २५ २०८३
रोज नेपाल
बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत तथा प्रभावितको पुनःस्थापनालाई निरन्तरता दिइरहेको छ ।

    बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनःस्थापनाको कामलाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय बैठकले लिने सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij