२०८३, आश्विन १ गते

Sep 17 2026

राष्ट्रिय एकता समाज दलको तीज विशेष कार्यक्रममा झल्कियो संस्कृति र एकता

राष्ट्रिय एकता समाज दलको तीज विशेष कार्यक्रममा झल्कियो संस्कृति र एकता

शनिवार, भाद्र २७ २०८३
शनिवार, भाद्र २७ २०८३
  • Samixa Thapa 

    काठमाडौँ । नेपाली मौलिक कला, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले राष्ट्रिय एकता समाज दलको आयोजनामा तीज विशेष तथा दर खाने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

    गौशालास्थित अनुपम फुडल्याण्डमा आयोजित कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, प्रबुद्ध व्यक्तित्व, धार्मिक गुरु तथा गुरुआमा, भजन गायक–गायिका, समाजसेवी तथा ठूलो संख्यामा महिला दिदीबहिनीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

    बिनोद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तीज पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वमाथि चर्चा गर्दै सहभागी महिला दिदीबहिनीहरूलाई दर खुवाएर तीजको शुभकामना आदानप्रदान गरिएको थियो।

    कार्यक्रममा सहभागी दिदीबहिनीहरूले तीजका अवसरमा आफ्ना सुख–दुःख, माइतीको सम्झना, माइत जान नपाउँदाको पीडा तथा जीवनका विभिन्न भोगाइ समेटिएका गीत, कथा र कवितामार्फत आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए। उनीहरूका प्रस्तुति कार्यक्रममा थप भावनात्मक र सांस्कृतिक रंग भर्न सफल भएका थिए।

    त्यसैगरी, राष्ट्रिय एकता समाज दलका दाजुभाइहरूले महिला दिदीबहिनीहरूलाई सम्मानपूर्वक दर खुवाउँदै आपसी सद्भाव, भाइचारा, सामाजिक एकता तथा राष्ट्रिय एकताको सन्देश दिएका थिए।

    मौलिक संस्कृति संरक्षणसँगै महिला दिदीबहिनीबीच आपसी आत्मीयता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम सभ्य, भव्य तथा हर्षोल्लासपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

    कार्यक्रमले तीज पर्व मनोरञ्जन र जमघटको अवसर मात्र नभई नेपाली मौलिक संस्कृति, पारिवारिक आत्मीयता, सामाजिक सद्भाव र एकताको पहिचानसमेत भएको सन्देश दिएको सहभागीहरूको भनाइ थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij