२०८३, आश्विन १ गते

Sep 17 2026

विदेशी मुद्राको विनिमयदर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुपैयाँ १९ पैसा

विदेशी मुद्राको विनिमयदर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुपैयाँ १९ पैसा

रोज नेपाल
सोमवार, भाद्र २९ २०८३
रोज नेपाल
सोमवार, भाद्र २९ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा रहेको छ।

    यस्तै, युरोपियन युरोको खरिददर १७७ रुपैयाँ र बिक्रीदर १७७ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ। बेलायती पाउन्ड स्ट्रलिङको खरिददर २०६ रुपैयाँ २९ पैसा तथा बिक्रीदर २०७ रुपैयाँ ११ पैसा तोकिएको छ। स्वीस फ्र्याङ्कको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६४ पैसा कायम छ।

    अष्ट्रेलियन डलरको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८४ पैसा रहेको छ। क्यानेडियन डलरको खरिददर ११० रुपैयाँ र बिक्रीदर ११० रुपैयाँ ४४ पैसा तथा सिङ्गापुर डलरको खरिददर १२० रुपैयाँ ४२ पैसा र बिक्रीदर १२० रुपैयाँ ८९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

    जापानी येन १० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा रहेको छ। चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ८४ पैसा कायम गरिएको छ।

    त्यसैगरी, साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ ६३ पैसा र बिक्रीदर ४० रुपैयाँ ७९ पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४२ रुपैयाँ २ पैसा रहेको छ।

    थाई भाटको खरिददर ४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४ रुपैयाँ ६३ पैसा, युएई दिरामको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा तोकिएको छ। मलेसियन रिङ्गेटको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा रहेको छ।

    दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ। स्वीडिस क्रोनरको खरिददर १५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५ रुपैयाँ ८० पैसा तथा डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ ६८ पैसा र बिक्रीदर २३ रुपैयाँ ७७ पैसा रहेको छ।

    राष्ट्र बैंकका अनुसार हङकङ डलरको खरिददर १९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९ रुपैयाँ ५३ पैसा छ। कुवेती दिनारको खरिददर ४९७ रुपैयाँ ६० पैसा र बिक्रीदर ४९९ रुपैयाँ ५६ पैसा तोकिएको छ।

    बहराइन दिनारको खरिददर ४०४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ३१ पैसा तथा ओमनी रियालको खरिददर ३९६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ८९ पैसा कायम गरिएको छ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij