२०८३, कार्तिक १० गते

Oct 26 2026

काठमाडौँमा रात्रिकालीन बस सेवा विस्तार, ६ रुटमा २८ विद्युतीय बस

काठमाडौँमा रात्रिकालीन बस सेवा विस्तार, ६ रुटमा २८ विद्युतीय बस

रोज नेपाल
आइतवार, आश्विन ४ २०८३
रोज नेपाल
आइतवार, आश्विन ४ २०८३
  • काठमाडौं । काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गरिएको छ।
    संविधान दिवसको अवसर पारेर नौ स्थानीय तहसँगको सहकार्यमा साझा यातायात सेवा विस्तार गरेको हो।
    नयाँ व्यवस्थाअनुसार साझा यातायातका बस मध्यराति १२ बजेसम्म सञ्चालन हुनेछन्। विभिन्न रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याइएको छ।

    नयाँ सेवाअन्तर्गत 
    गोदावरी–बूढानीलकण्ठ — ६ बस
    जगाती–रत्नपार्क–ठमेल — ६ बस
    विमानस्थल–नागढुंगा — ४ बस
    कीर्तिपुर–जमलरनेपाल वायुसेवा निगम क्षेत्र — ४ बस
    चक्रपथ परिक्रमा दुवैतर्फ — ८ बस
    लगनखेल–बूढानीलकण्ठ — यसअघि सञ्चालनमा रहेको रुट, जसमा ३ बस निरन्तरता दिइएको छ।
    सेवा विस्तारमा काठमाडौं, ललितपुर, चन्द्रागिरि, कीर्तिपुर, गोदावरी, बूढानीलकण्ठ, भक्तपुर, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाले सहकार्य गरेका छन्।
    काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले रात्रिकालीन बससेवा विस्तारले यात्रुको आवतजावत सहज बनाउनुका साथै उपत्यकालाई रातिसमेत चलायमान बनाउन सहयोग पुग्ने बताउनुभएको छ।


    यसअघि वैशाख १ गतेदेखि काठमाडौं महानगरपालिका र साझा यातायातको सहकार्यमा दुई रुटमा सात वटा विधुतीय बस सञ्चालन हुँदै आएका थिए। रात्रिकालीन सेवा विस्तारका लागि महानगरपालिकाले ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरेको थियो।कार्यदलको सिफारिसका आधारमा रात्रिकालीन यातायात सेवाको दायरा विस्तार गरिएको

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij