२०८३, कार्तिक ९ गते

Oct 25 2026

बाढीले पुरेको त्रिशूली–१ सुरुङबाट २४ शव निकालियो, आफन्त खोज्दै प्रहरL

बाढीले पुरेको त्रिशूली–१ सुरुङबाट २४ शव निकालियो, आफन्त खोज्दै प्रहरL

रोज नेपाल
आइतवार, आश्विन ४ २०८३
रोज नेपाल
आइतवार, आश्विन ४ २०८३
  • नुवाकोट ।  रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा पुरिएका २४ शव निकालिएका छन्।   

    निकालिएका शवको पहिचान हुन नसकेपछि प्रहरीले मृतकका परिवार तथा आफन्तलाई सम्पर्कमा आउन आग्रह गरेको छ। 

    रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ हाकुस्थित २१६ मेगावाट क्षमताको आयोजनाको सुरुङबाट असोज १ र २ गते गरी २४ शव निकालिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
    प्रहरीका अनुसार उद्धार गरिएका शव असोज ३ गते नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका–६ स्थित केन्द्रीय कारागार कार्यालय, खम्बाक्याम्प परिसरमा ल्याइएको हो।
    बाढीपछि सम्पर्कविहीन रहेका व्यक्तिका परिवार तथा आफन्तले खम्बाक्याम्प पुगेर शव पहिचान गर्न सक्ने प्रहरीले जनाएको छ। शवको सनाखत तथा आवश्यक समन्वयका लागि प्रहरी निरीक्षक आशिष साहलाई ९८५५०९१७५७ मा सम्पर्क गर्न सकिनेछ।
    प्रहरीले लामो समयदेखि सम्पर्कविहीन रहेका आफन्तको अवस्था बुझ्न र पहिचान प्रक्रियामा सहयोग गर्न परिवारजनलाई आग्रह गरेको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij