२०८३, कार्तिक १० गते

Oct 26 2026

भोटेकोशी बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा करिब १५ अर्ब रकम जम्मा

भोटेकोशी बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा करिब १५ अर्ब रकम जम्मा

रोज नेपाल
सोमवार, आश्विन ५ २०८३
रोज नेपाल
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौं । रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको सहयोगार्थ स्थापित सरकारी कोषमा रकम जम्मा हुने क्रमले तीव्रता पाएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा अहिलेसम्म करिब १५ अर्ब रुपैयाँ सङ्कलन भइसकेको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार हाल उक्त राहत कोषमा कुल १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ। विपद्पछिको पहिलो चरणको उद्धार तथा राहत कार्यका लागि सरकारले यसअघि नै कोषबाट एक अर्ब रुपैयाँ प्रभावित क्षेत्रमा पठाइसकेको छ।

    कार्यालयका अनुसार विभिन्न नौ वटा वाणिज्य बैङ्कहरूमा नेपाली रुपैयाँतर्फ ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ जम्मा भएको छ। त्यसैगरी, हिमालयन बैङ्क र लक्ष्मी सनराइज बैङ्कका विदेशी मुद्रा खातामा कुल २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर सङ्कलन भएको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij