२०८३, कार्तिक ९ गते

Oct 25 2026

डेटा सेन्टरमा समस्याका कारण आजको सेयर कारोबार स्थगित, नेप्सेद्वारा सूचना जारी

डेटा सेन्टरमा समस्याका कारण आजको सेयर कारोबार स्थगित, नेप्सेद्वारा सूचना जारी

रोज नेपाल
सोमवार, आश्विन ५ २०८३
रोज नेपाल
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आजको नियमित सेयर बजार कारोबार बन्द भएको छ। डेटा सेन्टरमा आएको प्राविधिक गडबडीका कारण सेयर कारोबार रोकिएको नेप्सेले जनाएको छ।

    नेप्सेका अनुसार ७२ वटा ब्रोकर कम्पनीहरूको सर्भर जडान गरिएको 'डेटा हब प्रालि' को डेटा सेन्टरमा गएको असोज ४ गते बिहानदेखि समस्या देखिएको थियो। प्राविधिकहरूले समस्या समाधानका लागि निरन्तर प्रयास गरे पनि अझैसम्म पूर्ण रूपमा सुचारु हुन सकेको छैन।

    यस्तो जटिल परिस्थितिमा बजार खुला राख्दा समग्र कारोबार प्रणालीमै असर पुग्न सक्ने आशङ्कामा स्टक ब्रोकर एसोसिएसन अफ नेपालले कारोबार स्थगित गर्न औपचारिक अनुरोध गरेको थियो। ब्रोकर एसोसिएसनको सोही निवेदनलाई मध्यनजर गर्दै नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ को उपनियम (१) बमोजिम असोज ५ गते आजका लागि निर्धारित सम्पूर्ण नियमित कारोबार स्थगन गर्ने निर्णय गरेको हो।

    कारोबार बन्द हुँदा लगानीकर्ता तथा सम्बन्धित पक्षहरूलाई पर्न गएको असुविधाप्रति नेप्सेले क्षमायाचनासमेत व्यक्त गरेको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij