२०८३, कार्तिक १० गते

Oct 26 2026

त्रिपुरेश्वरमा बसमा अचानक आगलागी: भित्रै रहेका चालक गम्भीर घाइते

त्रिपुरेश्वरमा बसमा अचानक आगलागी: भित्रै रहेका चालक गम्भीर घाइते

रोज नेपाल
सोमवार, आश्विन ५ २०८३
रोज नेपाल
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौं । काठमाडौंको व्यस्त क्षेत्र त्रिपुरेश्वरस्थित बस स्टप नजिकै एउटा यात्रुबाहक बसमा भीषण आगलागी भएको छ। आगलागीमा परी बसका चालक घाइते भएका छन् भने घटना शङ्कास्पद रहेको प्रहरीले जनाएको छ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार त्रिपुरेश्वर चोकको बस स्टप अगाडि रोकिराखेको वा गुडिरहेको अवस्थामा बा ५ ख ४२७४ नम्बरको बसमा अचानक आगो लागेको हो। आगलागीबाट घाइते भएका चालकलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

    प्रहरीले दिएको जानकारी अनुसार घाइते हुनेमा काभ्रेपलाञ्चोक घर भएका २५ वर्षीय चालक दावा लामा रहेका छन्।

    घटनाको समयमा चालक स्वयं बसभित्रै रहेकाले यो दुर्घटना मात्र हो वा अन्य कुनै कारण छ भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। आगलागीको वास्तविक कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij