२०८३, कार्तिक ९ गते

Oct 25 2026

महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

रोज नेपाल
मंगलवार, आश्विन ६ २०८३
रोज नेपाल
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज मङ्गलबार साँझ ७ बजे कतार एयरवेजको नियमित उडानमार्फत न्यूयोर्क प्रस्थान गर्दै छन।


    प्रधानमन्त्री शाहको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले उहाँकै सिफारिसमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको छ।


    प्रधानमन्त्री शाहले असोज ८ गते (सेप्टेम्बर २४) संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।


    महासभामा सहभागी भएर प्रधानमन्त्री शाह असोज १० गते (सेप्टेम्बर २६) स्वदेश फर्किएपछि डा. वाग्लेको कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वतः समाप्त हुनेछ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij